प्रहार समाचार । तनहुँ, ५ पुस २०८१ शनिबार । तनहुँको व्यास नगरपालिका–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट अर्जुन रानाभाट वडा सभापतिमा चयन भएका छन् भने उपसभापतिमा विष्णु माया मल्ल र सचिवमा नवराज पौडेल चयन भएका छन्।

त्यसैगरी वडा समितिका सदस्यहरूमा राजकुमार श्रेष्ठ, सिद्धबहादुर चन्द, चीनबहादुर भण्डारी, हस्तबहादुर सार्की, कलावती सापकोटा, मानसिङ दरै, तारा माया राना र एकवाल हुसेन खान चयन भएका छन्।

कार्यक्रममा बोल्दै जिल्ला सभापति विश्व बास्तोलाले रास्वपा पुराना राजनीतिक अभ्यासको विकल्प भएको उल्लेख गर्दै वडास्तरबाटै संगठन सुदृढ गर्नुपर्नेमा जोड दिए।
वडा सभापतिमा चयन भएपछि अर्जुन रानाभाटले पार्टीलाई जनमुखी, पारदर्शी र उत्तरदायी बनाउँदै व्यास–१ मा संगठन विस्तार र जनसम्पर्कलाई प्राथमिकता दिने बताए । अधिवेशन नगर सभापति चूडामणि दाहालको सभापतित्वमा सम्पन्न भएको थियो।




























