हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ तनहुँ शाखाको अध्यक्षमा न्यौपाने

प्रहार समाचार । तनहुँ, ५ पुस २०८२ शनिबार । नेपाल पुस्तक तथा स्टेशनी व्यवसायी महासङ्घ जिल्ला शाखा तनहुँको ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । व्यवसायीहरूको हकहित, पेशागत सुरक्षा र बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अधिवेशन आयोजना गरिएको हो ।


अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री हरिबहादुर चुमानले पुस्तक तथा स्टेशनी व्यवसायलाई ज्ञान, शिक्षा र समाज निर्माणसँग जोडिएको महत्वपूर्ण क्षेत्रको रूपमा उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा राज्यको भूमिका आवश्यक रहेको बताए ।

उनले डिजिटल युगमा पनि पुस्तक व्यवसायको महत्व कायमै रहेको उल्लेख गर्दै व्यवसायीहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


अधिवेशनले पुस्तक व्यवसायी एवं संस्थाका प्रथम उपाध्यक्ष रामकृष्ण न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नयाँ समितिको प्रथम उपाध्यक्षमा हरिबहादुर कार्की, द्वितीय उपाध्यक्षमा पवित्रा खनाल, सचिवमा कमल, कोषाध्यक्षमा सुरज बुढाथोकी र सह–सचिवमा अजय श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा शरद गैह्रे, सावित्रा रानाभाट, सृजना अधिकारी, पम्फा वाग्ले र गायत्री पुडासैनी रहेका छन् ।


यसअघि संस्थाका अध्यक्ष रापचन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै पूर्व मन्त्री चुमानले स्थानीय व्यवसायीको समस्या सम्बोधन गर्न नीति र कार्यक्रममार्फत सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।संस्थाका गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद पोखेलले पुस्तक व्यवसायीहरू शिक्षा प्रणालीको महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै संगठनलाई थप सबल र प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए ।


त्यस अवसरमा संस्थाका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठ, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष दुर्गाकुमार श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्दै पुस्तकमैत्री नीति निर्माण र व्यवसायीको व्यावसायिक सुरक्षामा जोड दिएका थिए ।


अधिवेशनका अवसरमा तनहुँका अग्रज पुस्तक व्यवसायीहरू पूर्णकुमार श्रेष्ठ र दामोदर मिश्र र सूर्यकुमार श्रेष्ठलाईलाई सम्मानपत्र साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रथम उपाध्यक्ष रामकृष्ण न्यौपाने, संस्थाका सदस्य सावित्रा रानाभाट, दामोदर मिश्रलगायतले पुस्तक व्यावसायी हरुको हक हितका बारेमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण निर्वाचन मण्डलका सदस्य रामभक्त रानाभाटले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button