हेडलाईनसमाचारप्रदेश

धरौटीपछि रिहा भएका रवि लामिछानेले भने – ‘न्यायको लडाइँ अझै बाँकी छ’

प्रहार समाचार । भैरहबा , ५ पुस २०८२ शनिबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बुझाएर थुनामुक्त भएपछि भैरहवामा बोल्दै आफ्नो मुद्दा व्यक्तिगतभन्दा देशसँग जोडिएको रहेको बताएका छन् ।

उनले न्यायको लडाइँ अझै बाँकी रहेको उल्लेख गर्दै अहिले धेरै कुरा नबोल्ने संकेत गरे। ‘धेरै कुरा भन्न बाँकी छ। देशमाथि भएको अन्यायको अगाडि ममाथि गरिएको अन्याय केही पनि होइन। त्यसको हिसाब मिलाउन बाँकी छ,” उनले भने ।


यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछाने पार्टीको पूर्ववत् भूमिकामा फर्किएको औपचारिक जानकारी दिएको छ। थुनामा रहेकै बेला पार्टीले कार्यवाहक सभापति तोकेको भए पनि अब लामिछाने पुनः सक्रिय राजनीतिक भूमिकामा फर्किएको रास्वपाको भनाइ छ।


लामिछानेको रिहाइसँगै यो प्रकरणले राजनीतिक वृत्तमा पुनः चर्चा पाएको छ। उनले संकेत गरेअनुसार आगामी दिनमा थप धारणा सार्वजनिक गर्ने सम्भावना रहेको बताइन्छ।रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भई कागजी प्रक्रिया पूरा गरेपछि उनी रिहा भएका हुन्। अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले बैंक ग्यारेन्टीमार्फत माग गरिएको सम्पूर्ण बिगो रकम बुझाएका थिए। उनी यसअघि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button