आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

प्रहार समाचार । तनहुँ, ४ पुस २०८२ शुक्रबार । तनहुँको आँबुखैरेनी क्षेत्रमा गरिएको नियमित प्रहरी चेकजाँचका क्रममा हतियारसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज दिउसो आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारी साधन तथा यात्रुहरू चेकजाँच का क्रममा ती यूवक पक्राउ परेका हुन् ।

अस्थायी प्रहरी पोष्ट मुग्लीन पूलजीपबाट खटिएको प्रहरी टोलीले बारा जिल्लाको कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २७५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार बारा सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओम बाबु प्रसाद यादवको साथबाट लुकाइछिपाइ ल्याइएको एक थान कटुवा पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ।

हतियारसहित फेला परेपछि यादवलाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा ल्याइएको र हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार बिकले जानकारी दिए।

प्रहरीले पृथ्वीराजमार्गजस्ता मुख्य राजमार्गमा हुने नियमित चेकजाँचलाई अझ प्रभावकारी बनाउँदै अवैध हतियार ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रणमा कडाइ गर्ने जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button