हेडलाईनसमाचारगण्डकीघिरिङस्वास्थ्य

तनहुँको घिरिङमा नसर्ने रोग पहिचान अभियान : ३० वर्षमाथिका सर्वसाधारणको स्वास्थ्य परीक्षण

प्रहार समाचार । तनहुँ, २२ मंसिर २०८२ सोमबार । तनहुँका घिरिङ गाउँपालिकाको आयोजनामा घिरिङ–३ नेवापानीमा नसर्ने रोग पहिचान तथा खोज–तलास कार्यक्रम सञ्चालन गरिएको छ।

 

स्थानीयस्तरमै दीर्घरोगको जोखिम पहिचान गरी प्रारम्भिक उपचार तथा निगरानीको व्यवस्था मिलाउने उद्देश्यले सुरु गरिएको उक्त अभियानमा उल्लेख्य सहभागिता रहेको पालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होमबहादुर थापाले समुदायमै पुगेर स्वास्थ्य सेवा विस्तार गर्नु पालिकाको प्राथमिकता भएको उल्लेख गर्दै, समयमै रोग पहिचान हुन सके उपचार सरल र प्रभावकारी हुनेमा जोड दिए। उनले नसर्ने रोग बढिरहेको अवस्थामा नागरिक स्वयं पनि स्वास्थ्य सचेतनामा सक्रिय हुनुपर्ने धारणा राखे।

स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालका अनुसार कार्यक्रममा ३० वर्षमाथिका नागरिकको रक्तचाप जाँच, सुगर परीक्षण, तौल मापन तथा मृगौला सम्बन्धी रोगको परीक्षण गरिएको हो। नियमित परीक्षण र अभिलेखीकरणका माध्यमबाट जोखिमयुक्त समूहलाई निरन्तर अनुगमन गरिने उनले जानकारी दिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button