हेडलाईनसमाचारगण्डकीविजनेसमनोरञ्जन

छैठौँ बन्दीपुर महोत्सव २०८२ सम्पन्न : ५० हजारले गरे अवलोकन, पाँच करोडको कारोबार

प्रहार समाचार । तनहुँ, २१ मंसिर २०८२ आइतबार । ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा सञ्चालीत छैठौँ बन्दीपुर महोत्सव २०८२ को आज समापन गरिएको छ। १२ दिनसम्म चलेको महोत्सवमा ५० हजारभन्दा बढी दर्शक भित्रिए भने ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ। स्थानीय उत्पादनदेखि साहसिक खेलकुद, स्थानिय खानाका परिकार , स्थानिय बस्तुहरुको बिक्री बितरण, सांस्कृतिक प्रस्तुति र पर्यटकहरुको बाक्लो उपस्थितिले प महोत्सवको महोललाई तताएको थियो ।

 

तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई समितिको आयोजनामा मङ्सिर १० गतेदेखि सञ्चालन भई आज आकर्षक भीड–भाड र सांस्कृतिक रौनकसँगै महोत्स समापन भएको छ ।

समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले बन्दीपुरको प्राकृतिक सुन्दरता, पुरातात्त्विक संरचना र सांस्कृतिक सम्पदाले यो क्षेत्रलाई पर्यटकीय मोडल बनाउन सहयोग पुगेको टिप्पणी गरे। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक रहेको उल्लेख गर्दै महोत्सवले बन्दीपुरलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा अझ परिचित बनाएको बताए। पर्यटन विकासलाई प्रभावकारी बनाउन सबै राजनीतिक दल, स्थानीय निकाय र सरोकारवालाबीच समन्वय र साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो। बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमायाँ गुरुङले महोत्सवले युवालाई अवसर, व्यवसायलाई बजार र स्थानीय तहलाई पर्यटन विकासका जोड्ने माध्यम बनेको बताइन। ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले बन्दीपुरको ऐतिहासिक र प्नचिन कला र संस्कृतिको संरक्षणमा लाग्नु पर्ने बताइन् ।

बन्दीपुर केबलकारका इन्चार्ज लक्ष्मी सापकोटाले महोत्सवले केबलकार सेवा र समग्र पर्यटनको प्रवाहमा नयाँ ऊर्जा थपेको बताए । त्यस्तै, बन्दीपुर भ्रमण वर्ष २०२५ का सह–संयोजक लोकबहादुर बानियाँले महोत्सवले भ्रमण वर्षको तयारीलाई बलियो आधार प्रदान गरेको उल्लेख गर्दै पर्यटन समन्वयमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रका अनुसार ५ करोडभन्दा बढीको कारोबार हुनु स्थानीय उत्पादन, व्यवसाय र पर्यटनमा देखिएको सकारात्मक संकेत हो। समापन सरारोहका सभापति एवं तनहुँ उद्योग बाणिज्य संघ बन्दीपुर इकाई समितिका सभापति घनश्याम उपाध्यायले महोत्सवलाई सफल बनाउन साथ दिने स्थानीय निकाय, व्यापारिक समुदाय, सुरक्षा निकाय, संञ्चारकर्मी, स्वयम्सेवक र सर्वसाधारण सबैप्रति आभार व्यक्त गर्दै आगामी संस्करणहरूमा अझ प्रभावकारी, प्रचारमुखी र आकर्षक कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button