हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा कांग्रेसको चुनावी रस्साकस्सी : प्रत्यक्ष र समानुपातिक दुबै तर्फ आकांक्षभीको भिड, १ नम्बर क्षेत्रमै एक दर्जन आकांक्षी

प्रहार समाचार । तनहुँ, २१ मंसिर २०८२ आइतबार । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तनहुँमा नेपाली कांग्रेसभित्र तीव्र प्रतिस्पर्धा चर्किएको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार सुरु गरिएको आकांक्षी नाम दर्तामा विशेषगरी तनहुँ–१ मा अभूतपूर्व भीड देखिएको छ भने क्षेत्र नं २ मा समेत प्रत्यक्ष र समानुपातिक दुबै तर्फ नेताहरूको होडबाजी उस्तै तातिएको छ।



केन्द्रीय समितिको निर्देशनअनुसार सुरु गरिएको दर्ता प्रक्रियामा तनहुँ क्षेत्र नम्बर १ मा मात्र एक दर्जनभन्दा बढीले इच्छा अभिव्यक्त गरेका छन्। क्षेत्र नम्बर–१ मा प्रत्यक्ष तर्फ पूर्वमन्त्री एवं केन्द्रीय सदस्य शङ्कर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराई, महाधिवेशन प्रतिनिधि रेशम गुरुङ, दीपक भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल, उद्धव पौडेल, सरिता गुरुङ, रामचन्द्र पोख्रेल, सुशिल तिमल्सेना रमेशबाबु भट्टराई र उदयराज गौलीले आवेदन दर्ता गराएका छन्। त्यस्तै समानुपातिक तर्फ पवित्रा पौडेल, चिनु पोख्रेल, यमुना विश्वकर्मा, हरिदत्त पौडेल, एलिजा ढकाल, ओजराज पौडेल, डोवाटे विक, प्रकाश पन्थ, गोविन्द ढकाल, समुन्द्र गोदार, चिजा श्रेष्ठलगायतले आवेदन दिएका छन्।

यस्तै तनहुँ क्षेत्र नं–२ मा समानुपातिक तर्फ माया राना र इन्दिरा खनालले आकांक्षा राखेका छन्। प्रत्यक्ष तर्फ भने शंकर भण्डारी, प्रदिप पौडेल, चुडामणी खनाल, चाम थापा र पुष्प पराजुलीले उम्मेदवारीको दाबेदारी प्रस्तुत गरेका छन्। नाम दर्ता प्रक्रिया सकिएसँगै तनहुँमा कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा चुनावी समीकरण झन् रोचक बन्दै गएको विश्लेषणकर्ताहरू बताउँछन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button