हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

शुक्लागण्डकी जेसीजको २३औँ अधिवेशन सुरु

प्रहार समाचार । तनहुँ, २० मंसिर २०८२ शनिबार । शुक्लागण्डकी जेसीजको जेसीज सप्ताह २०२५ सम्पन्नसँगै २३औँ शाखा अधिवेशन सुरु भएको छ । शुक्रबारबाट थालिएको अधिवेशनले संगठनमार्फत युवालाई सक्षम नेतृत्वमा उभ्याउने र समाज रुपान्तरणमा सक्रिय भूमिका निर्वाह गराउने उद्देश्यलाई अझ मजबुत बनाएको छ ।

अधिवेशनमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले देशलाई वर्तमान चुनौतीपूर्ण अवस्थाबाट अघि बढाउन १८ देखि ४० वर्ष उमेरसमूहका युवाको भूमिका निर्णायक हुने बताए । पश्चिमीकृत सोच र व्यवहारबीच अन्तर रहेकाले अब मानव पुँजी अभिवृद्धिमार्फत समाज परिवर्तनमा ऊर्जा केन्द्रित गर्नुपर्ने मेयर पण्डितको भनाइ थियो । कार्यक्रममा उपमेयर खुमबहादुर विक ‘राजु’ ले युवामा परिवर्तनको चाहना र समाज रुपान्तरणको संकल्प आवश्यक पर्ने उल्लेख गर्दै जेसीजको पहल प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा पूर्वअध्यक्ष नवराज लामीछाने, पूर्वअध्यक्ष मदन सिग्देल र कांग्रेस नगर समितिका उपसभापति कृष्ण रेग्मीले नेतृत्व विकास, एक व्यक्ति एक पदको सिद्धान्त तथा सामाजिक योगदानमा जेसीजको भूमिकाबारे आ–आफ्ना धारणा राखे । अध्यक्ष प्रकाश विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रम को सहजिकरण सचिव शुसिल थापा भुजेलले गरेका थिए भने स्वागत कार्यकारिणी उपाध्यक्ष मदन सिग्देलले र धन्यवाद निर्वतमान अध्यक्ष रमेश भण्डारीले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button