हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

४० वर्षमुनिका युवालाई नेतृत्वमा ल्याउँदै कांग्रेस : सुधार अभियान तनहुँको संयोजकमा आले

प्रहार समाचार । तनहुँ, २० मंसिर २०८२ शनिबार । नयाँ सोच र युवापुस्ताको सहभागिता बढाउने लक्ष्यसहित नेपाली कांग्रेस सुधार अभियान (४० वर्षमुनि) ले देशभर एकैदिन संयोजक तोक्दै नेतृत्व संरचना सक्रिय बनाएको छ। सोहीक्रममा तनहुँमा सोन आले संयोजकका रूपमा चयन भएका छन्।


नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले संगठनभित्र युवापुस्ताको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न तनहुँ संयोजकमा सोन आलेलाई जिम्मेवारी दिएको छ। अभियानले ७७ वटै जिल्लामा एकैसाथ संयोजक तोक्दै संरचनालाई देशव्यापी रूपमा विस्तार गरेको हो ।

अभियानका केन्द्रीय संयोजक शिव रिमालका अनुसार पार्टीका सबै तहमा ४० वर्षमुनिका सदस्यलाई न्यूनतम ४० प्रतिशत सहभागिता दिलाउनु अभियानको मुख्य लक्ष्य हो। उनले नीति निर्माणदेखि नेतृत्व चयनसम्म युवापुस्ताको पहुँच बढाउन नसके कांग्रेसले समयको मागअनुसार रूपान्तरण गर्न नसक्ने बताए।

रिमालका अनुसार अभियानले भ्रष्टाचारविरुद्ध कडा खबरदारी गर्ने, सुशासनलाई प्राथमिकतामा राख्ने र पार्टीभित्र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न ‘प्राइमरी इलेक्सन’ अनिवार्य गराउने तयारी गरेको छ। यस्तै, लोकतन्त्रको संरक्षण तथा सबलीकरणका लागि बहस, पैरवी र जनचेतनाको अभियान सञ्चालन गर्न प्रत्येक जिल्लामा संयोजक तोकिएको उनले बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button