हेडलाईनसमाचारगण्डकी

मर्स्याङ्दी युवा क्लब बेसीशहरको अध्यक्षमा राना

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, १९ मंसिर २०८२ शुक्रबार । लमजुङको मर्स्याङ्दी युवा क्लब बेसीशहरको अध्यक्षमा सञ्जीव राना सर्वसम्मत रूपमा चयन भएका छन्। तत्कालीन अध्यक्ष विजय श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले रानालाई अध्यक्षका लागि प्रस्ताव गरेपछि बिहीबार बेसीशहर–८ फुलबारी मञ्चमा बसेको बैठकले अनुमोदन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।

रानाको नेतृत्वमा बनेको १५ सदस्यीय कार्यसमितिमा प्रथम उपाध्यक्षमा रियाज मिया, द्वितीय उपाध्यक्षमा रोशन तामाङ, तृतीय उपाध्यक्षमा किशोर बस्नेत रहेका छन्। यसैगरी सचिवमा खुशीमाया गुरुङ, कोषाध्यक्षमा रसबहादुर गुरुङ चयन भएका छन्। सदस्यहरूमा शंकर भण्डारी, उज्वल राना, नरेन तामाङ, शिव गुरुङ, सुरज गुरुङ, पूर्ण तामाङ, सन्तरामा तामाङ, क्रषिराम थापा र शान्ती श्रेष्ठ रहेका छन्।

नवनिर्वाचित समितिले क्लबका गतिविधिलाई अझ सक्रिय, समन्वित र परिणाममुखी बनाउँदै युवा सहभागितामूलक कार्यक्रमलाई विस्तार गर्ने लक्ष्य प्रस्तुत गरेको क्लबले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button