हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको बन्दीपुरमा कारको ठक्करबाट दुई महिला घाइते

प्रहार समाचार । तनहुँ, १९ मंसिर २०८२ शुक्रबार । तनहुँको बन्दीपुर गाउँपालिका–१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान पैदल यात्रु दुई महिला कारको ठक्करबाट घाइते भएका छन्। दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ७४६४ नम्बरको कारले अचानक नियन्त्रण गुमाउँदै ती महिलालाई ठक्कर दिएको हो। घटना लगत्तै चालक र सवारी साधनलाई डुम्रे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। दुर्घटनास्थल चौकीबाट करिब दुई किलोमिटर पश्चिमतर्फ पर्छ।

ठक्करबाट म्याग्दी, धौलागिरी गाउँपालिका–७ की ३८ वर्षीया लीला जौशी र बेनी नगरपालिका–२ की ३८ वर्षीया लीला सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विक ले जानकारी दिए । घाइतेहरुको प्रारम्भिक उपचारका लागि दुबैलाई लक्ष्मी सिटी अस्पताल, डुम्रे लगिएको थियो भने अवस्था जटिल देखिएपछि थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा रिफर गरिएको छ । ह

हाल दुबै घाइते मेट्रोसिटी अस्पताल, पोखराको इमेर्जेन्सी वार्डमा उपचाररत छन्। उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको आफन्तहरूले बताएका छन्। घटनाको प्रहरील अनुसन्धान अघि बढाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button