हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली रहने

प्रहार समाचार । काठमाडौँ, १९ मंसिर २०८२ शुक्रबार । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थिर वायुमण्डलीय अवस्थामा अधिकांश भू–भागमा मौसम सफै रहँदा सीमित पहाडी क्षेत्रहरूमा भने हल्का बदलीको प्रभाव देखिने महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशका धेरैजसो स्थानमा खुला मौसमको अनुभव हुनेछ। राततिर भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केहि भागमा पुनः हल्का बदली बढ्न सक्ने अनुमान गरिएको छ।

काठमाडौँ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसोको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको हाराहारीमा रहने महाशाखाले जनाएको छ। मौसम स्थिर भइरहेका कारण देशका धेरैजसो स्थानमा सामान्य शीतलता मात्र अनुभूत भइरहेको विज्ञहरूले बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button