हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम : दुई प्रदेशमा आंशिक बदली रहने

प्रहार समाचार । काठमाडौँ, १६ मंसिर २०८२ मंगलबार । आज देशका केही प्रदेशमा सक्रिय रहेका वायुमण्डलीय प्रभावका कारणबाट कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी–हिमाली भू–भागमा बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव पुगेपछि केही स्थानमा हल्का बादल देखिने मौसम विज्ञहरूले बताएका छन् । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने छ । यद्यपि अन्य भू–भागमा भने घाम लाग्ने सम्भावना बढी रहेको उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकामा आज बिहान ६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ । उपत्यकामा दिउँसो तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।महाशाखाले हाल कुनै ठूलो मौसमी प्रणाली सक्रिय नभएको भए पनि स्थानीय वायुपुस्तिकाको प्रभावले केही स्थानमा मौसम परिवर्तन महसुस हुन सक्ने बताएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button