हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

आदिवासी जनजाति महासंघ तनहुँको सातौँ अधिवेशन सम्पन्न : अध्यक्षमा तामाङ सर्वसम्मत

प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८२ शुक्रबार । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् तनहुँको सातौँ अधिवेशन आज व्यास १, भादगाउँमा सम्पन्न भएको छ। अधिवेशनले सनम तामाङलाई सर्वसम्मतरूपमा अध्यक्ष चयन गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व गठन गरेको छ ।

निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष सिद्धान्त थापा मगर, उपाध्यक्ष शेरबहादुर वोटे, सचिव जीवन गुरुङ (कुमार), महिला उपाध्यक्ष शरु कुमाल, कोषाध्यक्ष ठाकुर दरै, र सह–सचिव पृथ्वी भुजेल रहेका छन्। त्यस्तै सदस्यहरूमा पत्थर प्रधान, कृष्णबहादुर दुरा, विष्णुबहादुर माझी र दिपक राई चयन गरिएको छ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले संगठनको भूमिकालाई थप सशक्त बनाउँदै समुदायको पहिचान र अधिकार सुनिश्चितताका लागि निरन्तर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम महासंघका अध्यक्ष सुजित हिराचनको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँ–नगर परिषद्का प्रतिनिधिहरू मध्येबाट शुक्लागण्डकी नगरपालिकाका अध्यक्ष कुलकुमार कुमाल, नेपाल मगर संघका अध्यक्ष खड्कासिंह थापा, सल्लाहकार तथा पूर्वअध्यक्ष हरिसिंह गुरुङ, महासंघ गण्डकी प्रदेश सचिव विमल जिसी भुजेल लगायतका वक्ताहरूले पनि आदिवासी जनजातिको हकहित, भाषा–संस्कृति संरक्षण र संस्थागत मजबुतीका विषयमा जोड दिएका थिए।

नयाँ नेतृत्वले जिल्लामा रहेका विभिन्न समुदायबीच समन्वय, क्षमता विकास तथा सामाजिक अधिकारका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button