हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

हङकङको विशाल आवासीय कम्प्लेक्समा भिषण आगलागी : ९४ जनाको गयो ज्यान तीन सय बढि बेपत्ता

प्रहार समाचार । तनहुँ , १२ मंसिर २०८२ शुक्रबार । हङकङको झण्डै पाँच हजार बासिन्दा बसोबास गर्दै आएको एक विशाल आवासीय कम्प्लेक्समा भिषण आगलागी भएको छ। ३२ तले भवनबाट सुरु भएको आगलागी नियन्त्रण बाहिर जाँदा ९४ जनाको ज्यान गएको छ र सयौँ अझै बेपत्ता रहेका छन्। भवन १९ घण्टा देखि बलिरहेको अधिकारीहरुले बताएका छन्।

 

एपीले उद्धृत गरेको विवरणअनुसार आठवटा ब्लक रहेको कम्प्लेक्समध्ये सात भवन पूर्ण रूपमा आगोले घेरेपछि नियन्त्रणको प्रयास चुनौतीपूर्ण बनेको छ। अहिलेसम्म ९४जनाको मृत्यु पुष्टि भएको छ भने ६२ जना घाइते अवस्थामै उद्धार गरिएकाे तथा ३ सय भन्दा बढी बेपत्ता भए का छन्। स

घटनास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी, अग्निनियन्त्रक, दमकलका उपकरण र एम्बुलेन्स परिचालन गरिएको छ। अपार्टमेन्टका तल–तलमा अझै बाक्लो धुवाँ र ज्वालाले उद्धार कार्यलाई कठिन बनाएको अधिकारीहरू बताउँछन्। जोखिमपूर्ण अवस्थाका बीच निरन्तर उद्धार र नियन्त्रणका प्रयास जारी छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button