प्रहार समाचार । तनहुँ, ११ मंसिर २०८२ बिहीबार । व्यास नगरपालिका-६, हाल व्यास–१ भादगाउँ निवासी सहकारी अभियन्ता तथा समाजसेवी लावण्य प्रसाद पण्डितको ४७ वर्षको उमेरमा दुःखद निधन भएको छ। नेपाली कांग्रेसका क्रियाशील सदस्य एवं नगर प्रतिनिधिसमेत रहेका पण्डितको हिंजो राती अचानक बिरामी भई दमौलीस्थित रत्नहरि अस्पताल पुर्याइएपछि उपचारका क्रममा ९ बजे निधन भएको अस्पतालले जनाएको छ।

उनको असामयिक निधनले नेपाली कांग्रेस व्यास–६ वडा कार्यसमितिले विज्ञाति मार्फत वडा कायसमिति परिवार मर्माहत भएको भन्दै अमर आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
त्यसैगरी, छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्षसमेत रहेका पण्डितको निधनले सहकारी क्षेत्र पनि स्तब्ध बनेको सहकारीले विज्ञाति मार्फत जनाएको छ।
उनको अन्तिम संस्कार बिहीबार मादी र सेती नदीको संगमस्थल दमौलीघाटमा सम्पन्न गरिएको थियो। अन्तिम दाहसंस्कारमा सहकारीका पदाधिकारी, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू, शुभेच्छुक तथा इष्टमित्रहरूको बाक्लो उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। स्व. पण्डितका दुई छोरा र एकजना श्रीमती रहेका छन्।


























