हेडलाईनसमाचारप्रदेशखेलकुद

एनपिल (नेपाल प्रिमियर लिग) को दोस्रो संस्करण : काठमाडौँ–लुम्बिनी आज आमनेसामने

प्रहार समाचार । काठमाडौँ, ९ मंसिर २०८२ बुधबार । एनपिल (नेपाल प्रिमियर लिग) को दोस्रो संस्करणमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स निर्णायक भिडन्तमा उत्रिँदै छन्। अपराह्न ४ बजे TU अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दुवै टोलीका लागि प्लेअफ यात्रालाई जोगाइराख्ने अन्तिम मौका मानिएको छ।

नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच रोचक मुकाबिला हुँदैछ। टुर्नामेन्टको महत्वपूर्ण मोडमा आइपुगेका दुवै टोली प्लेअफ सम्भावना जीवित राख्न मैदानमा पूरा दम्दै उत्रिनेछन्। खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ।

करण केसीको कप्तानीमा रहेको काठमाडौँले अहिलेसम्म तीन खेल खेलेको छ। तीमध्ये एक खेलमा जित निकाल्दै दुई खेलमा हार व्यहोरेको काठमाडौँ दुई अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।

यस्तै, रोहित पौडेल नेतृत्वकर्ता रहेको लुम्बिनी लायन्सले पनि तीन खेलमध्ये एक जित हात पार्दै दुई अंक जोडेको छ। समान अंक भए पनि रन रेटका आधारमा लुम्बिनी चौथो स्थानमा रहेको छ।

दुवै टोलीले आजको भिडन्तलाई ‘डु–अोर–डाइ’का रूपमा लिइरहेका छन्। जसले जित निकाल्छ, उसको प्लेअफ यात्रा अझै चम्किलो हुने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button