हेडलाईनसमाचारभानुगण्डकी

‘भानु साहित्य उद्यान’ विकास तीव्र—२० करोडको पहिलो चरण सञ्चालनतर्फ

प्रहार समाचार । तनहुँ , ८ मंसिर २०८२ सोमवार । तनहुँको भानु नगरपालिकामा निर्माण हुन लागेको ‘भानु साहित्य उद्यान’ परियोजना कार्यान्वयनको चरणतर्फ अगाडि बढेसँगै संघीय शहरी विकास मन्त्रालयद्वारा आ.व. ०८२/०८३ का लागि विनियोजित २० करोड रुपैयाँको पहिलो किस्ताको प्रक्रिया सक्रिय रूपमा सुरु भएको छ।

सोही क्रममा मन्त्रालयका महा–निर्देशकको नेतृत्वमा खटिएको प्राविधिक टोलीले भानु–४ चूँदीबेशी क्षेत्रमा जेरो रेखांकन गर्दै परियोजनाका सम्भावित संरचना र पूर्वाधारको स्थलगत अध्ययन गरेको हो, जसमा करिब ३.५ किलोमिटर मोटर मार्ग स्तरोन्नति, भानु शालिक उद्यानको पुनर्निर्माण तथा रम्घाडाँडामा विशाल भानुभक्त आचार्यको प्रतिमा निर्माणका लागि प्रस्तावित स्थलको अवलोकन समावेश भएको नगर पालिकले जनाएको छ। थ

परियोजना अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेलको विशेष पहल र भानु नगर प्रमुख आनन्द राज त्रिपाठीको निरन्तर सक्रियताले महत्त्वपूर्ण भूमिका खेलेको नगरपालिकाले जनाएको छ। नगर प्रमुख त्रिपाठीले परियोजनाका विषयमा राष्ट्रपतिसँग पटक–पटक भेटघाट गर्दै यसको आवश्यकता, महत्व र सम्भावनाबारे अवगत गराउँदैं बजेट कार्यान्वयनको बाटो प्रशस्त भएको बताए। उनका अनुसार राष्ट्रपति स्वयंको चासोका कारण परियोजना द्रुत गतिमा प्रक्रियागत चरणमा प्रवेश गर्न सफल भएको हो।

नगर प्रमुख त्रिपाठीले भानु साहित्य उद्यानलाई दीर्घकालीन महत्वको सांस्कृतिक तथा साहित्यिक पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्यसहित यसलाई बहुवर्षीय योजना र राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गराउन पहल भइरहेको समेत जानकारी दिए। उनका अनुसार उद्यान निर्माण सम्पन्न भएपछि भानु नगरको साहित्यिक पहिचान, पर्यटकीय संभावना र भौतिक पूर्वाधार विकासमा गुणात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button