प्रहार समाचार । काठमाडौँ, ८ मंसिर २०८२ सोमवार । नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा भने दिनभर आंशिक बदली रहने अंदाज गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिनअनुसार हाल देशमा महत्वपूर्ण मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उचाइलाे भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत महाशाखाले संकेत गरेको छ।
आज राति पनि यही अवस्थाको निरन्तरता रहने अनुमान गरिएको छ। कोशीका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।















