हेडलाईनसमाचारप्रदेश

नेपाल बन्द र अनिश्चितकालीन आमहड्ताल फिर्ता

प्रहार समाचार । काठमाडौं, ७ मंसिर २०८२ आइतबार । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले घोषणा गरेको नेपाल बन्द र अनिश्चितकालीन आम हड्ताल फिर्ता लिने निर्णय गरेको छ। शनिबार बालुवाटारमा महाअभियानका प्रतिनिधि टोली र सरकार पक्षबीच भएको विस्तृत छलफलपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति बनेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार शान्ति–सुरक्षाको समग्र अवस्थालाई ध्यानमा राख्दै दुवै पक्षले संवादमार्फत अगाडि बढ्ने समझदारी गरेका छन्।

सरकारले महाअभियानले उठाएका २७ बुँदे मागका विषयमा निरन्तर छलफल, सहजीकरण र समाधानमुखी प्रक्रियामा जाने प्रतिबद्धता जनाएपछि महाअभियान नेतृत्वले घोषणा गरिएका कठोर कार्यक्रम फिर्ता लिने सहमति जनाएको हो। बालुवाटारमा भएको छलफलमा महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो, जसमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं पनि उपस्थित थिए।

वार्तामा दुवै पक्षले थप गहन संवाद आवश्यक रहेको निष्कर्ष निकाल्दै अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने सहमति जनाएको छ। यता महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईं भने केही दिनअघि पक्राउ परेकाले हाल उनी हिरासतमा छन्, जसका कारण आगामी वार्ता उनीसहित नै गर्ने व्यवस्था मिलाइने सरकार पक्षले बताएको छ।

सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी रहेको वार्ताले आन्दोलनका मुद्दा संबोधन गर्न थप बैठक र संयोजित प्रयास आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button