हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर मौसम स्थिर, हिमाली भेगमा भने हल्का वर्षा–हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौँ, ४ मंसिर २०८२ बिहीवार । देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएसँगै आजको दिन अधिकांश स्थानमा स्थिर र सफा मौसम रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा दिउँसो आंशिक बदली देखिए पनि बाँकी भूभागमा मौसम मुख्यतया खुला रहनेछ।

कोशी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समय पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफै रहनेछ।

यसैबीच, राजधानी काठमाडौंमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसको आसपास रहने अपेक्षा छ। आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाज , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button