व्यासहेडलाईनसमाचारगण्डकीखेलकुद

तनहुँको व्यास नगर स्तरिय सातौँ राष्ट्रपति शिल्ड रनिङ्ग प्रतियोगिताको उपाधि सत्यवती मा.वि.लाई

प्रहार समाचार । तनहुँ, ३ मंसिर २०८२ बुधवार । तनहुँको दमौली स्थित व्यास नगरपालिका–१ भदगाउँस्थित खेलमैदानमा सम्पन्न सातौँ राष्ट्रपति शिल्ड रनिङ प्रतियोगिता–२०८२ को उपाधि सत्यवती माध्यमिक विद्यालय व्यास १, ले हात पारेको छ। यहि मंसिर १ देखि ३ गते आजसम्म न चलेको प्रतियोगितामा २१ वटा माध्यमिक विद्यालयबीचको कडा प्रतिस्पर्धामध्ये सत्यवतीले ७ स्वर्ण, ६ रजत र ३ कास्य सहित १६ पदक जित्दै प्रथम बन्न सफल भएको हो ।

आदिकवि भानुभक्त माध्यमिक विद्यालय ६ स्वर्ण र ३ रजतका साथ कुल ९ पदक जितेर दोस्रो भयो भने महेन्द्र ज्योति माध्यमिक विद्यालय १५ पदकसहित तेस्रो स्थानमा रह्यो। प्रतियोगितामा कुल ३० स्वर्ण, ३१ रजत र २५ कास्यसहित ८६ पदक वितरण गरिएको थियो ।

विजयी खेलाडी तथा विद्यालयहरूलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने र प्रतियोगिता संयोजक जिवन गुरुङले संयुक्त रूपमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे। पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख वाग्लेले यस्ता प्रतियोगिताले विद्यार्थीको क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। नगर प्रमुख न्यौपानेले व्यास नगरलाई खेलकुदमै उत्कृष्ट नगर बनाउन आवश्यक पूर्वाधार विस्तार तथा कार्यक्रम निरन्तरतामा नगरपालिकाले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

यो वर्षको प्रतियोगितामा व्यास नगरका धेरै माध्यमिक विद्यालयहरूको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ। खेलकुदमार्फत विद्यार्थीलाई अनुशासन, मैत्री र प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गराउने उद्देश्यसहित आयोजना गरिएको राष्ट्रपति शिल्ड प्रतियोगिता सफल र भव्य रूपमा सम्पन्न भएको व्यास नगरपालिकाले जनाएको छ।

तस्बिर : स्पोष्ट तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button