आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँको आँबुखैरेनीमा जिप दुर्घटना : एक जनाको मृत्यु–पाँच घाइते

प्रहार समाचार । तनहुँ, ३ मंसिर २०८२ बुधवार । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा आज साँझ बोलेरो जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जिप चालकले करिब ७ः३० बजे नियन्त्रण गुमाएपछि गाडी सडकमै पल्टिएको थियो। जिपमा चालकसहित ११ जना सवार थिए।

दुर्घटनामा गम्भीर रूपमा घाइते भएका ईच्छाकामना–५ निवासी ३१ वर्षीय पुष्पलाल श्रेष्ठलाई टाउकोमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई ८:४५ बजेको समयमा मृत घोषणा गरेका हुन् ।

अन्य घाइतेमध्ये चितवन ईच्छाकामना–२ की २० वर्षीया दोमाया गुरुङको बायाँ हातमा सामान्य चोट लागेको छ। सोही स्थानका २६ वर्षीय जितबहादुर गुरुङ दाहिने खुट्टामा चोटसहित उपचाररत छन्। १६ वर्षीया भावना गुरुङ शरीरका विभिन्न भागमा भित्री चोट लागेर बोल्न नसक्ने मध्यम अवस्थामा छन्। २५ वर्षीय अचित गुरुङको बायाँ हातमा सामान्य चोट लागेको छ भने कालिका नगरपालिका–८ की ३४ वर्षीया सरस्वती गुरुङ बायाँ हात र कुममा चोट लागेको अस्पतालले जनाएको छ। सबै घाइतेहरूको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button