हेडलाईनसमाचारप्रदेश

आईयूसीएनको पूर्वी–दक्षिण एसिया परिषद्मा नेपालकी रोशनी अधिकारी पाठक निर्वाचित

प्रहार समाचार । काठमाडौँ, ३ मंसिर २०८२ बुधवार । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को पूर्वी र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यमा नेपालकी वातावरण पत्रकार रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन्। सन् २०२६ देखि २०२९ सम्मका लागि चयन भएको नामावली IUCN ले सार्वजनिक गरेको हो। सोही सूचीमा South and East Asia क्षेत्रबाट Atsuhiro Yoshinaka, Domani Adhikari Pathar, Vieng Quo Ching, A. Hamzah र Lima Rosalind पनि निर्वाचित भएका छन्।

रोशनी अधिकारी पाठक लामो समयदेखि वातावरणीय पत्रकारिता, प्रकृति संरक्षण तथा सामुदायिक मुद्दामा सक्रिय व्यक्तित्वको रूपमा परिचित छिन्। IUCN को क्षेत्रीय परिषद् सदस्यका रूपमा उनले नेपालसहित पूर्वी र दक्षिण एसिया क्षेत्रमा संरक्षण नीतिको सुदृढीकरण, जैविक विविधता संरक्षण तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो पद IUCN को नीतिनिर्माण तहमा प्रभावकारी क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने मानिन्छ।

आगामी IUCN World Conservation Congress का लागि सार्वजनिक गरिएको ‘ELECTED’ सूचीमा रोशनी अधिकारी पाठकको नाम समावेश भएपछि नेपालबाट अन्तर्राष्ट्रिय संरक्षण संरचनामा सहभागिता थप मजबूत भएको टिप्पणी गरिएको छ। उनले क्षेत्रीय परिषद् सदस्यको जिम्मेवारी पाउन पाएकोमा “अत्यन्त सम्मानित र गर्वान्वित” भएको बताएकी छन्। ‘यो सफलता आफ्नो मात्र नभई नेपालका लागि सामूहिक उपलब्धि हो, जस्का लागि म परराष्ट्र मन्त्रालय, IUCN नेपाल नेशनल कमिटी, SMCRF, WWF Nepal, ICIMOD, BirdLife Nepal, BirdLife International, ZSL London Zoo, Red Panda Network लगायत साझेदार संस्थाहरूले दिएको साथ र विश्वासले थप उत्साहित बनाएको छ।’ – पाठकले भनिन् । उनले विश्वव्यापी संरक्षण क्षेत्रमा नेपालको आवाज बलियो, विश्वसनीय र प्रेरणादायी रूपमा स्थापित भएको पनि उल्लेख गरिन्।

आगामी IUCN World Conservation Congress का लागि सार्वजनिक गरिएको ‘ELECTED’ सूचीमा नाम समावेश भएपछि नेपालबाट अन्तर्राष्ट्रिय संरक्षण संयन्त्रमा सहभागिता थप मजबुत भएको छ। नव–निर्वाचित परिषद् २०२६ मा औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ र चार वर्षे कार्यकालमा क्षेत्रीय तथा विश्वव्यापी संरक्षण एजेन्डालाई अघि बढाउने प्रमुख संयन्त्रको रूपमा काम गर्ने बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button