प्रहार समाचार । २ मंसिर २०८२ मङ्गलवार । तनहुँको नगरपालिका–१४, छाब्दीका युवा अविनाश पन्थको नेतृत्व ‘न्यानो देउसी–भैलो अभियान’ले यस वर्ष पनि प्रेरणादायी सामाजिक उदाहरण प्रस्तुत गरेको छ। तिहारको उत्सवसँगै सङ्कलित सहयोगलाई सदुपयोग गर्ने उद्देश्यसहित टोली व्यास–११, अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्विवर वितरण गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बिच २५ जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गरिएको संयोजक पन्थले जानकारी दिए । आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्दै चाडपर्वको उल्लासलाई अर्थपूर्ण बनाउने लक्ष्य अभियानको मुख्य उद्देश्य रहेको पन्थको भनाई छ । “मनोरञ्जन र सामाजिक उत्तरदायित्व हाथ–हाथै अघि बढ्न सक्छन् भन्ने सन्देश दिन हामी वर्षेनि यस्तो कार्यक्रम गर्दै आएका छौँ।’- पन्थले थपे । ”विद्यार्थी तथा अभिभावकले न्यानो पोसाकले जाडो मौसममा ठूलो राहत मिल्ने बताउँदै युवाहरूको पहलप्रति पन्थले कृतज्ञता व्यक्त गरे।
स्थानीय समुदायका प्रतिनिधिहरूले युवाद्वारा सञ्चालित सकारात्अ क कदमले समाजमा सकारात्मक ऊर्जा भरेको प्रतिक्रिया दिए। विद्यालय प्रशासनले समेत विद्यार्थीको आवश्यकता पहिचान गरी समयमै सहयोग पुगेकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले सामुदायिक एकता र मानवीयता अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ । उक्त टोलीले आगामी दिनमा पनि यस्ता सहयोगका कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



























