हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीखेलकुद

शुक्लागण्डकी नगरपालिका स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उपाधि पञ्चमुनिदेव मावि लाई

प्रहार समाचार । तनहुँ, १ मंसिर २०८२ सोमवार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले आफ्नै प्रभुत्व दोहोर्‍याउँदै उ पुनः कब्जा गरेको छ। आइतवार सम्पन्न प्रतियोगितामा १७ स्वर्णका साथ शिल्ड उठाउँदै इतिहास रच्न सफल भयो ।

प्रतियोगितामा पञ्चमुनिदेव माविले १७ स्वर्णसँगै ८ रजत र ८ कास्य पदक जित्दै समग्र अंकतालिकामा शीर्ष स्थान सुरक्षित गर्‍यो। यसअघि पाँचौं, छैटौं र सातौं रनिङ शिल्ड प्रतियोगितामा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै पञ्चमुनिले शिल्ड आफ्नो पोल्टामा पार्दै आएको थियो।

यसपटक अरनिको आवासीय माध्यमिक विद्यालय ४ स्वर्ण, ५ रजत र ९ कास्य सहित द्वितीय स्थानमा रह्यो। आधारभूत माविले ३ स्वर्ण, १ रजत र १ कास्य जित्दै तृतीय भयो। नेपाल प्रहरी विद्यालयले २ स्वर्ण, २ रजत र ३ कास्य हात पार्‍यो भने तालवेशी माविले १ स्वर्ण, ४ रजत र ३ कास्य प्राप्त गर्‍यो। जनकल्याण मावि, खैरेनी मावि र सरस्वती नमुना माविले १–१ स्वर्ण जित्न सफल भयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको इतिहास हेर्ने हो भने पञ्चमुनिले २०७६ सालमा पहिलो संस्करणको शिल्ड जितेको थियो। सोही वर्ष सम्पन्न दोस्रो संस्करणमा भने हंशवाहिनी माविले उपाधि हात पारेको थियो भने पञ्चमुनि द्वितीय बनेको थियो।

विजयी सहभागीलाई पुरस्कार वितरण गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पण्डितले आगामी दिनमा नगरपालिका स्तरमा खेल पूर्वाधार विस्तार तथा विद्यालय–विद्यालयबीचको प्रतिस्पर्धालाई अझ सशक्त बनाउनेमा जोड दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button