हेडलाईनसमाचारप्रदेश

दुर्गा प्रसाईं पक्राउ : अशान्ति मच्चाउने उद्देश्यले गतिविधि चलाएको आरोप

प्रहार समाचार । काठमाडौँ, २ मंसिर २०८२ मङ्गलवार । आन्दोलनको चेतावनीसहित सड़कमै उत्रने तयारी गरिरहेका अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। गए राति नै भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका उनलाई आन्दोलन सुरु हुने भनिएको मंसिर ७ गते पाँच दिन अघि नै पक्राउ परेपछि देशभर चासो थपिएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका एक अधिकृतका अनुसार प्रसाईंलाई अशान्ति मच्चाउने उद्देश्यले गतिविधि चलाएको आरोपमा पक्राउ गरी परिसरको हिरासतमा राखिएको छ ।

प्रसाईं पछिल्ला महिनाहरूमा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियान’ को नाममा सक्रिय रहँदै आएका छन्। उनले नेपालमा विदेशी लगानी रोक्नेगरी नेपालमै व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, नेपाललाई हिन्दू राज्य घोषणा गर्न जनमत सङ्ग्रह गरिनुपर्ने जस्ता माग उठाउँदै आएका छन्।

केही दिनअघि उनले सरकारलाई २७ बुँदे मागपत्र बुझाउँदै माग पूरा नभए कठोर आन्दोलनमा जाने चेतावनी दिएका थिए। तर आन्दोलनका दिन नजिकिँदै गर्दा नै उनी पक्राउ परेपछि आन्दोलनको भविष्यबारे अनिश्चिता बढेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button