हेडलाईनसमाचारगण्डकीघिरिङखेलकुद

घिरिङमा सम्पन्न राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि चन्द्र ज्योति माविलाई

प्रहार समाचार । तनहुँ, १ मंसिर २०८२ सोमवार । तनहुँको घिरिङ गाउँपालिकामा सम्पन्न अन्तर विद्यालय स्तरीय सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ मा चन्द्र ज्योति माध्यमिक विद्यालयले उपाधि हात पारेको छ। विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा गर्दै विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा चन्द्र ज्योति माविले ९ स्वर्ण, ८ रजत र २ कास्य पदक जित्दै समग्रतामा पहिलो स्थान हासिल गर्‍यो। त्यस्तै महेन्द्र ज्योति माविले ९ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित दोस्रो स्थानमा रह्यो।

कृष्ण माविले ५ स्वर्ण, ३ रजत र ९ कास्य पदकका साथ तेस्रो स्थानमा स्थान बनाउन सफल भयो। तीनै विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिताले स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण अझ बढेको देखिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button