आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीखेलकुद

आँबुखैरेनीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रामशाह माविको पोल्टामा

प्रहार समाचार । तनहुँ, १ मंसिर २०८२ सोमवार । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि यस वर्ष रामशाह माध्यमिक विद्यालयको पोल्टामा परेको छ। दमदार खेल प्रदर्शन र उत्कृष्ट समन्वयका साथ प्रतिस्पर्धामा अघि बढेको रामशाहले विभिन्न विधामा प्रभावशाली उपस्थितीसहित शीर्ष स्थान सुरक्षित गर्न सफल भएको हो।

प्रतियोगितामा रामशाह माविले १७ वटा स्वर्ण, ६ वटा रजत र २ वटा कास्य पदक जित्दै समग्रतामा पहिलो स्थान हात पार्यो। विद्यालयका खेलाडीहरूले एथलेटिक्सदेखि अन्य विभिन्न खेल विधासम्म समान रूपमा उत्कृष्टता देखाएको आयोजकहरूले बताएका छन्। स्थानीयस्तरमा आयोजित यस्ता प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा पहिचान र खेलप्रति दिगो अभिरुचि विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । प

यस्तै, ५ स्वर्ण, १० रजत तथा ८ कास्य पदक सहित मित्रता माध्यमिक विद्यालय दोस्रो स्थानमा रह्यो भने ४ स्वर्ण, ५ रजत र ५ कास्य जितेको फ्यूचर स्टार सेकेण्डरी बोर्डिङ स्कूल तेस्रो भयो। प्रतियोगिताले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, खेलमैत्री वातावरण र विद्यार्थीहरूको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेलेको अनुभूति सहभागीहरूले व्यक्त गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button