हेडलाईनव्याससमाचारगण्डकी

मोवाइलको ब्याट्री विस्फोट हुँदा तनहुँका गौली घाइते

प्रहार समाचार । तनहुँ , १ मंसिर २०८२ सोमवार । तनहुँको व्यास नगरपालिका–१३, पोखरी भज्याङमा करेशाबारी सफाइ गर्ने क्रममा मोबाइलको ब्याट्री विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन्।

घर अगाडिको करेशाबारीमा झारपात सफा गरी आगो लगाइरहेका ३५ वर्षीय अमृत गौलीको मोबाइल ब्याट्री अचानक पडकिँदा उनको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते गौलीलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकाे र उनको अवस्था मध्यम रहेको बताइएको छ।


जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं डिएसपी श्रवण कुमार बिकले घटनाबारे जानकारी दिँदै आगो नजिक मोबाइल वा ब्याट्रीजस्ता वस्तु राख्दा विस्फोटको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउनु पर्ने बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button