हेडलाईनसमाचारदेवघाटगण्डकीखेलकुद

तनहुँको देवघाटमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मा.वि.को पोल्टामा

प्रहार समाचार । तनहुँ, ३० कात्तिक २०८२ आइतवार । तनहुँको देवघाटमा सम्पन्न देवघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालय, देवघाट–११ ले आफ्नो पोल्टामा पार्न सफल भएको छ। उत्कृष्ट प्रदर्शन र सर्वाधिक पदक जित्दै कालिकाले प्रतियोगितामा दबदबा जमाएको हो।

देवघाट गाउँपालिकाको आयोजना तथा कालिका माध्यमिक विद्यालयको संयोजनमा सम्पन्न सो प्रतियोगिता उत्साहपूर्ण वातावरणबीच अन्त्य भएको थियो। कालिका मा.विले विभिन्न खेलतर्फ ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हासिल गर्दै प्रथम स्थान सुरक्षित गर्‍यो। सर्वाधिक पदक जितेको आधारमा कालिकाले सहजै रनिङ शिल्ड उठाएको आयोजकले जनाएको छ।

प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय द्वितीय र पार्वती माध्यमिक विद्यालय तृतीय स्थानमा परेका छन्। विद्यालयस्तरमै आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूको खेल प्रतिभा उजागर गरेको र विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धालाई अझ सुदृढ बनाएको सहभागी तथा दर्शकहरूबाट प्रतिक्रिया आएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button