हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्का घाइते

प्रहार समाचार । तनहुँ, २७ कात्तिक २०८२ बिहीवार । तनहुँको व्यास नगरपालिका–१२, घाँसिकुवामा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को घाइते भएका छन्।

दिउँसो करिब ३ः३५ बजे दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग २३ प ९५४२ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा व्यास–१३ बेलवास बस्ने २० वर्षीय चालक निजिन मल्लको बाँया हातमा चोट लागेर सामान्य घाइते भएका छन् भने मोटरसाइकलमा पछाडि सवार व्यास – १, भादगाउँ बस्ने १९ वर्षीय जगत बाचे मगर गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा ४ः२० बजे चिकित्सकले जगत बाचे मगरलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ भने चालक मल्ललाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं सूचना अधिकारी श्रवण कुमार बि ले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button