प्रहार समाचार । तनहुँ, २७ कात्तिक २०८२ बिहीवार ।तनहुँको व्यास नगरपालिका–१, भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयका २०५८ सालको एसएलसी व्याचका पूर्वविद्यार्थीहरूले गरीबी र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यसहित अक्षयकोष स्थापना गरेका छन्।

पूर्वविद्यार्थी मञ्चका अध्यक्ष नारायणप्रसाद कोइरालाको अगुवाइमा, संयोजक हरिप्रसाद कोइराला, इन्जिनियर विष्णुप्रसाद पाण्डे, रघुनाथ तिमिल्सेना लगायतका २८ जनाले स्वेच्छिक रूपमा संकलन गरेको १ लाख ४१ हजार ६ सय रकम आज विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतलाई हस्तान्तरण गरिएको हो ।
अध्यक्ष कोइरालाले विद्यालयबाट प्राप्त ज्ञान र संस्कारलाई सम्मानस्वरूप अक्षयकोषको रूपमा स्थापना गरिएको बताउँदै गरिब तथा जेहन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले सानो सहयोग गरिएको उल्लेख गरे ।
विद्यालयका प्रधानाध्यापक बस्नेतले पूर्वविद्यार्थीहरूले विद्यालय र विद्यार्थीको हितका लागि गरेको यो योगदान साँच्चै प्रेरणादायी रहेको उल्लेख गर्दै अक्षयकोषले विद्यालयमा अध्ययनरत गरिब तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहको अध्यायनमा ठूलो सहयोग हुने उल्लेख गरे ।
य



























