हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँमा हाईसको ठक्करबाट ५४ वर्षीया महिला गम्भीर घाइते

प्रहार समाचार । तनहुँ , २७ कात्तिक २०८२ बिहीवार । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित पृथ्वी राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छन्।

दुलेगौडा बाट दमौलीतर्फ जाँदै गरेको गण्डकी प्रदेश नम्बर एफ म ए ०११४ नम्बरको हाईसले पैदल हिँडिरहेकी ५४ वर्षीया धन माया आलेलाई ठक्कर दिएको हो।

दुर्घटनामा घाइते आलेलाई प्रारम्भिक उपचारका लागि जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, झरौटामा लगिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि बिहान ४:५५ बजे नै मणिपाल अस्पताल, पोखरा पठाइएको प्रहरीले जनाएको छ।

हाईस चालक शुक्लागण्डकी -३ का ५३ वर्षीया कृष्ण बहादुर दमै लाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं सूचना अधिकारी श्रवण कुमार बि. क. ले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button