हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचार

दिल्लीको लालकिल्ला नजिक कार विस्फोट :११ को मृत्यु, २४ घाइते

प्रहार समाचार । भारत, २४ कात्तिक २०८२ मङ्गलवार । दिल्लीको ऐतिहासिक लालकिल्ला नजिक फोर्ट मेट्रो स्टेशनको गेट नम्बर–१ अगाडि चलिरहेको कारमा भएको शक्तिशाली विस्फोटमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। विस्फोट हिंजो साँझ करिब ६:५२ बजे भएको पुष्टि प्रहरी स्रोतले गरेको छ। विस्फोटपछि वरपर पार्क गरिएका छवटा गाडी र अन्य सवारीसाधनमा पनि आगो लागेको थियो।

घटनापछि दिल्ली प्रहरी, फरेन्सिक टोली, राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) र नेशनल सेक्युरिटी गार्ड (NSG) का टोलीहरू घटनास्थलमा खटिएका छन्। वरपरका CCTV फुटेज जाँच भइरहेको छ भने इलाकालाई पूर्ण रूपमा घेराबन्दी गरिएको छ। अहिले सम्म विस्फोटको कारण स्पष्ट हुन सकेको छैन तर सबै कोणबाट अनुसन्धान भइरहेको दिल्ली प्रहरीका आयुक्त सतीश गोल्चाले जनाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन्। अमित शाह स्वयं पनि घटनास्थलमा पुगेका छन्। घटनापछि दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ। घाइतेहरुको उपचार भइरहेको र सुरक्षातन्त्रले राजधानीमा थप निगरानी बढाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button