प्रहार समाचार । काठमाडौँ , २४ कात्तिक २०८२ सोमवार । मन्त्रिपरिषद्को आजको बैठकले एआईजी दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। उनी कात्तिक २७ गतेदेखि कार्यभार सम्हाल्नेछन्।

कार्कीले २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए र ३० वर्षे सेवा अवधिअनुसार २०८४ चैतसम्म आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्। हाल उनी उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हुन्।
यस नियुक्तिसँगै हालका आईजीपी चन्द्रकुवेर खापुङले अवकाश जाने क्रममा नेपाल प्रहरीको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ।



























