हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

टर्कीले ‘नरसंहार’ आरोपसहित इजरायली प्रधानमन्त्री विरुद्ध गऱ्यो पक्राउ वारन्ट जारी

प्रहार समाचार । काठमाडौँ, २२ कात्तिक २०८२ शनिवार ।गाजामा भइरहेको इजरायली सैन्य अभियानका कारण हजारौं सर्वसाधारणको मृत्यु भएको आरोप लगाउँदै टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, रक्षा मन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन ग्विर र सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरसहितका वरिष्ठ अधिकारीहरूविरुद्ध शुक्रबार पक्राउ वारन्ट जारी गरेको छ। टर्कीको अभियोजन कार्यालयले यी नेताहरूलाई ‘नरसंहार’ र ‘मानवता विरुद्ध अपराध’ गरेको आरोप लगाएको हो।

इजरायलले भने टर्कीको यो कदमलाई राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै कडा आपत्ति जनाएको छ। विदेशमन्त्री गिदोन सारले इजरायलले सबै आरोपलाई “पूर्णरूपमा अस्वीकार” गरेको बताउँदै टर्कीको निर्णयले क्षेत्रीय तनाव अझ बढाउने चेतावनी दिएका छन् ।

विश्लेषकहरूका अनुसार टर्कीको यो कदम केवल कानुनी कार्यवाही मात्र नभई राजनीतिक सन्देश पनि हो, जसले मध्यपूर्वमा चलिरहेको शक्ति सन्तुलनमा नयाँ प्रभाव पार्न सक्छ। यो घटनापछि इजरायल–टर्की सम्बन्ध फेरि संकटतर्फ उन्मुख भएको देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button