
‘नयाँ पुस्ताको सोच बुढापाकाको जस्तो बासी छैन — जोस छ, फ्रेस छ। उनीहरू सपनासँगै समाधान पनि बोकेर आएका छन्। उनीहरूलाई देश चलाउने मौका देऊ, दश वर्षमै देशको मुहार फेर्दिनेछन्।’ भन्दै कर्ण शाक्य लेख्छन् :
आजका पुस्ता कम छैनन् — यो जेनेरेसन–जेड हो, जसले २४ घण्टामै सरकार ढाल्ने शक्ति देखाए। राजनीति मात्र होइन, उनीहरूले कला, संस्कृति, प्रविधि र उद्योगका सबै क्षेत्रमा नवीनतम परिवर्तन ल्याइरहेका छन्।
वर्षौँदेखि ‘राजामति कुमति’ गीत गुन्जिरहेको बेला, कुमा सागरले मौलिक सिर्जनशील गीतहरू गाएर नेवा: संगीतमा नयाँ अध्याय सुरु गरे। त्यसैगरी, ‘माकुरी जालैमा’ को दोहोरीमा रमाउने पुस्ता अब सुसान्त केसी, स्वप्न सुमन जस्ता कलाकारमार्फत् आधुनिक नेपाली संगीतको नयाँ उचाइमा पुग्दैछ।
सिनेमामा ताजगी र नवीन सोचको लहर आएको छ। नयाँ पुस्ता आज घरमै बसेर प्रविधिको प्रयोग गर्दै Pathao, Indrive, र अनलाइन प्लेटफर्महरूबाट मनग्य आम्दानी गरिरहेका छन्। उनीहरूले रोजगारी सिर्जना गर्दै देशको आर्थिक संरचना नै परिवर्तन गर्ने बाटो देखाएका छन्।

यी पुस्ताको सोच बुढापाकाको जस्तो बासी छैन — जोस छ, फ्रेस छ। उनीहरू सपनासँगै समाधान पनि बोकेर आएका छन्। उनीहरूलाई देश चलाउने मौका देऊ, दश वर्षमै देशको मुहार फेर्दिनेछन्।
अनुभव त बिस्तारै सिकिँदै जाने कुरा हो; मुख्य कुरा उनीहरूमा रहेको इमानदारी र मनको शुद्धता हो।
न्युयोर्क शहरमा मम्दानी नामका विदेशी मूलका युवा मेयर बने। विपक्षीले सोधे —
“तिमीलाई अनुभवै छैन!”
उनले आत्मविश्वासपूर्वक जवाफ दिए —
“What I don’t have in experience, I make up in integrity.”
यही हो नयाँ पुस्ताको आत्मविश्वास र शक्ति — जसले भविष्यको दिशा बदल्न सक्छ।
(✍️ लेखकः शाक्य – नेपालका चर्चित पर्यटनविद्, दार्शनिक चिन्तक तथा ‘सोच’ पुस्तकका लेखक, जसले नेपालमा आध्यात्मिक पर्यटन र सकारात्मक सोचको अभियान चलाइरहेका छन्। उनको यो विचार हामीले फेसबुकबाट लिएका हौँ ।) सम्पादक
























