प्रहार समाचार । तनहुँ, १९ कात्तिक २०८२ बुधवार । नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्व सल्लाहकार तथा प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष ऋषिराम पोख्रेललाई मातृशोक परेको छ। पोख्रेलकी आमा दमयन्ती पोख्रेलको २०८२ साल कात्तिक १८ गते असामयिक निधन भएको हो।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आज एक शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। महासंघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
शोक विज्ञप्तिमा महासंघका सचिव कृष्ण न्यौपानेले शोकको यस कठिन क्षणमा पोख्रेल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।




























