हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशका पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौँ, १९ कात्तिक २०८२ बुधवार । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका विभिन्न पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने अनुमान गरिएको छ।

त्यस्तै, राति देशका पहाडी भागमा साधारणतया बदली रहने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यससँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्राका क्रममा सावधानी अपनाउन सर्वसाधारणलाई जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button