व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

प्रहार समाचार । तनहुँ , १८ कात्तिक २०८२ मंगलवार । जिल्लाको व्यास नगरपालिका–१ छाप्दी खोलामा माछा मार्ने क्रममा करेन्ट लागी एक युवकको मृत्यु भएको छ।

स्थानीय २८ वर्षीय अमित सुयालको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार अमित सुयाल, ४० वर्षीय राम बहादुर घर्ती र ५४ वर्षीय सुक्र घर्तीले राम बहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाई माछा मार्ने प्रयास गरेका थिए। सो क्रममा एक्कासी करेन्ट लाग्दा सुयाल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको भए पनि उपचारको क्रममा सोमवार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। यसअघि पनि माछा मार्ने क्रममा करेन्ट प्रयोग गर्दा घातक दुर्घटना हुने घटनाहरू दोहोरिँदै आएका छन्। प्रहरी र स्थानीय निकायले यसरी करेन्ट प्रयोग गरेर माछा मार्न नहुने चेतावनी दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button