हेडलाईनसमाचारप्रदेश

नेपाल प्रहरीको नयाँ केन्द्रीय प्रवक्ता डीआईजी काफ्ले नियुक्त

प्रहार समाचार । काठमाडौँ, १८ असोज २० ८२ मङ्गलवार । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेलाई तोकिएको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी काफ्ले अब संस्थाका आधिकारिक प्रवक्ताका रूपमा जनसरोकारका विषयमा अभिव्यक्ति दिनेछन् ।

प्रहरी संगठनका गतिविधि, तथ्य तथा जनचासोका विषयहरूलाई यथार्थ र पारदर्शी रूपमा सञ्चार माध्यममार्फत सार्वजनिक गर्न काफ्लेलाई जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले मंगलबार जनाएको छ ।

नयाँ प्रवक्ता काफ्लेसँग संवाद तथा सूचना आदान–प्रदानका लागि ९८५१२९२१११ नम्बरमा सम्पर्क गर्न वा [email protected] मा इमेल पठाउन सकिने नेपाल प्रहरीले जानकारी दिएको छ ।

डीआईजी काफ्ले अनुभवी प्रहरी अधिकारीका रूपमा परिचित छन् र संस्थाको जनविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button