प्रहार समाचार । तनहुँ, १५ कार्तिक २०८२ शनिवार । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले नयाँ नेतृत्व चयन गर्दै तनहुँ निवासी प्रकाश शर्मालाई पार्टीको युवा संगठनको केन्द्रीय अध्यक्षमा नियुक्त गरेको छ। यहि कात्तिक १२ गते देखि आजसम्म चलेको बैठकले सर्वसम्मत रूपमा शर्मालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।

तनहुँको देवघाट गाउँपालिका स्थायी घर भई हाल तनहुँकै व्यास नगरपालिका–१, रतौली निवासी शर्माले लामो समयदेखि पार्टी संगठन र युवा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
पार्टीका अनुसार नयाँ नेतृत्वले संगठनलाई देशभर सुदृढ गर्दै वैज्ञानिक समाजवादको लक्ष्यसहित युवालाई संगठित गर्ने र यूवा लक्कित कार्यक्रमलाई तीव्रता दिने प छ । अन्य पदाधिकारीहरुको चयन यूवा समितिको बैठकले गर्ने जनाइएको छ।



























