हेडलाईनसमाचारप्रदेशखेलकुद

लाजिम्पाटमा राष्ट्रिय खेल भलिबलकालागि कभर्ड हल निर्माण गर्न खेलकुँद मन्त्री गुप्ताको पहल

प्रहार समाचार । काठमाडौँ, १५ कात्तिक २०८२ शनिवार । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेल भलिबलको विकासका लागि लाजिम्पाटमा आधुनिक कभर्ड हल निर्माण गर्न पहल अघि बढाएका छन्। उनले यसका लागि नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा उपलब्ध गराउन पहल थालेका हुन्। मन्त्री गुप्ताको पहलपछि राष्ट्रिय भलिबल खेलको पूर्वाधार विस्तारमा नयाँ सम्भावना खुलेको खेलकुद मन्त्रालयले जनाएको छ।

भलिबललाई राष्ट्रिय खेलको रूपमा थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्री गुप्ताले काठमाडौं उपत्यकामा आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छन्। लाजिम्पाटको स्काउट क्षेत्रमै अत्याधुनिक कभर्ड हल बन्ने हो भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ।

खेलकुद क्षेत्रका सरोकारवालाहरूले मन्त्री गुप्ताको यो प्रयासले भलिबल खेलको लोकप्रियता र संरचनागत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button