चितवन — चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति भएको भीषण सडक दुर्घटनामा ३३ जना घाइते भएका छन्। जनकपुर र गौरबाट काठमाडौंतर्फ जाँदै गरेका दुई यात्रुबाहक बस र इँटा लोड गरिएको ट्रक आपसमा ठोक्किँदा आठ जनाको अवस्था मध्यम गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति करिब पौने २ बजे इँटा लोड गरी सडक छेउमा पार्किङ गरी राखिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो। त्यसपछि सोही बसमा पछाडिबाट जनकपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस पनि ठोक्किएको थियो। दुर्घटनामा बसका यात्रुहरु घाइते भएका हुन्।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल, र भरतपुर अस्पतालमा लगिएको छ।
🔹 चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरुः
१. उदयपुर, त्रियुगा नगरपालिका–१० का २० वर्षीय सार्थक बाबु श्रेष्ठ
२. धनुषा, जनकपुर उपमहानगरपालिका–१७ का ३९ वर्षीय सदाकत मिया
३. धनुषा, जनकपुर उपमहानगरपालिका–१७ का ५२ वर्षीय नरेन्द्र शाह
४. धनुषा, जनकपुर उपमहानगरपालिका–७ का १७ वर्षीय समिर अन्सारी
५. धनुषा, जनकपुर उपमहानगरपालिका–१ का ४६ वर्षीय बसन्त झा
६. धनुषा, जनकपुर उपमहानगरपालिका–४ का ४९ वर्षीय मुकेशलाल कर्ण
७. धनुषा, जनकपुर उपमहानगरपालिका–४ की ३४ वर्षीया अन्जु कर्ण
८. धनुषा, जनकपुर उपमहानगरपालिका–४ का आरुष कर्ण
९. धनुषा, लक्ष्मीनिया गाउँपालिका–४ की १९ वर्षीया विद्या चौधरी
१०. रौतहट, राजदेवी नगरपालिका–१ का २० वर्षीय अनिकेत कुमार साह
११. रौतहट, बृन्दावन नगरपालिका–३ का ११ वर्षीय आरभ मिश्र
१२. रौतहट, राजदेवी नगरपालिका–१ का कृष्ण कुमार साह
१३. रौतहट, गौर नगरपालिका–५ का ४१ वर्षीय मुकेश कुमार केसरी
१४. महोत्तरी, पिपरा गाउँपालिका–१ की गीतादेवी यादव
१५. महोत्तरी, पिपरा गाउँपालिका–१ का ३७ वर्षीय राम श्रेष्ठ
🔹 नेशनल सिटी अस्पताल भरतपुरमा उपचाररत घाइतेहरुः
१. धनुषा, जनकपुरधाम उपमहानगरपालिका–८ का २८ वर्षीय आलोक कुमार राउत
२. धनुषा, जलेश्वर नगरपालिका–५ का २० वर्षीय आदित्य कुमार सिंह
३. धनुषा, जलेश्वर नगरपालिका–५ की ४३ वर्षीया रेखा सिंह
४. धनुषा, जलेश्वर नगरपालिका–५ की २१ वर्षीया अञ्जली सिंह
५. रौतहट, राजदेवी नगरपालिका–२ का २१ वर्षीय मोनु कुमार महतो
६. रौतहट, गौर नगरपालिका–९ की ६६ वर्षीया गम्भिरादेवी ठाकुर
७. रौतहट, गरुडा नगरपालिका–७ का ५० वर्षीय विजय साह
८. रौतहट, गरुडा नगरपालिका–७ की ४० वर्षीया उर्मिला कुमारी साह
९. रौतहट, बृन्दावन नगरपालिका–३ की ६२ वर्षीया सुनितादेवी मिश्रा
१०. भारत, मोतिहारी निवासी ३२ वर्षीय सुनिल प्रसाद
११. भारत, मोतिहारीकी २५ वर्षीया सुभद्रा कुमारी चौधरी
१२. भारत, मोतिहारीकी ७ वर्षीया पृया जैशवाल
१३. भारत, मोतिहारीकी ४ वर्षीया कृती जैशवाल
🔹 भरतपुर अस्पतालमा उपचाररत घाइतेहरुः
१. धनुषा, लक्ष्मीनिया गाउँपालिका–४ की १९ वर्षीया दिव्या चौधरी
२. रौतहट, दुर्गाभगवती गाउँपालिका–२ का ३० वर्षीय राजकिशोर दास
३. रौतहट, माधवनारायण नगरपालिका–५ का १९ वर्षीय रोशी कुमार साह
४. रौतहट, माधवनारायण नगरपालिका–५ का २५ वर्षीय राजु दास
५. भारत, मोतिहारी निवासी २२ वर्षीय महमद साहेब
प्रहरीका अनुसार दुर्घटनापछि दुवै बस र ट्रक सडकको एकातिर पल्टिएका थिए, जसका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्गको सो खण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो। रातको समयमा पार्किङ गरिएको ट्रकलाई पर्याप्त सिग्नल वा वार्निङ लाइट नदिएको र बस तीव्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
सडकमा बेवारिसे ढंगले भारी सवारी साधन पार्किङ गर्ने प्रवृत्ति रोक्न र रात्री यातायात व्यवस्थापन कडाइ गर्न स्थानीयवासीले माग गरेका छन्।



























