हेडलाईनसमाचारप्रदेश

‘गृहमन्त्री हटाउने विषय प्रधानमन्त्रीको अधिकारक्षेत्र, कसैको दबाबमा निर्णय हुँदैन’- प्रधानमन्त्री सचिवालय

प्रहार समाचार । काठमाडौं , १३ कात्तिक २०८२ बिहीवार । हालै केही सञ्चार माध्यममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको भन्ने समाचारहरू प्रकाशित भएपछि प्रधानमन्त्रीको स्वकीय सचिवालयले ती समाचारहरूलाई ‘भ्रान्तिपूर्ण र आधारहीन’ भन्दै खण्डन गरेको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा गृहमन्त्री नियुक्ति वा पदमुक्तिको निर्णय प्रधानमन्त्रीको नै विशेषाधिकारमा पर्ने उल्लेख गर्दै कसैको दबाबमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार बनेको यो सरकार असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हालिरहेको छ। गृहमन्त्री अर्यालले आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायको मनोबल उच्च राख्न अहोरात्र खटिनुभएको छ।”

प्रधानमन्त्रीको सचिवालयले हालको संवेदनशील राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै यस्ता अफवाहहरू नफैलाउन र नपत्याउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button