आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँको छिम्केश्वरी–बुढीदेवी महायज्ञमा भक्तजनको उत्साह, ६० लाखभन्दा बढी दान संकलन

प्रहार समाचार । तनहुँ, १२ कात्तिक २०८२ बुधवार । तनहुँको आँबुखैरेनी हाटबजारमा शनिबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा चौथो दिनसम्म आइपुग्दा ६० लाख रुपैयाँभन्दा बढी दान संकलन भएको आयोजक समितिले जनाएको छ। मंगलबार मात्रै विभिन्न संघसंस्था र श्रद्धालु भक्तजनबाट करिब १० लाख रुपैयाँ सहयोग प्राप्त भएको संयोजक कृष्णमान तामाङले जानकारी दिए।

छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा दीर्घकालीन टेवा पुर्‍याउने उद्देश्यले आयोजित यज्ञमा करिब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। महायज्ञ सञ्चालनका क्रममा करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी–५ स्थित यस मन्दिर क्षेत्रमा चलिरहेको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गरी गरिरहेका छन्। कात्तिक १५ गतेसम्म चल्ने महायज्ञ अवधिभर पितृ उद्धार, वैदिक कर्म, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजनलगायत धार्मिक कार्यहरू हुनेछन्।

त्यस्तै तामा, पित्तल, अन्न, खाद्यान्न र अन्य धार्मिक सामग्रीको दान पनि स्वीकार गरिँदैछ। आयोजक समितिका अनुसार यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा दीर्घकालीन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button