प्रहार समाचार । तनहुँ, ११ कात्तिक २०८२ गलवार । , ११ क अविरल वर्षाको परदा ताने पनि छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको श्रद्धा–उर्जा ओइलाएको छैन। बिहानदेखि लगातार पानी परिरहे पनि कथा श्रवणका लागि भक्तजनहरूको भीड दिनभर महायज्ञ परिसरमा उम्लिएको देखिएको छ ।

मुल समारोह समितिका संयोजक कृष्णमान तामाङका अनुसार भक्तजनको सहजताका लागि वाटरप्रूफ टेन्टको व्यवस्था मिलाइएकाले वर्षाको असर न्यून भएको छ। ‘मौसम प्रतिकूल भए पनि श्रद्धालु भक्तजनहरुको भिड लागि रहेको छ।’- संयोजक तामाङले भने ।
मङ्गलबार महायज्ञको चौथो दिन पण्डित दिनबन्धु पोखरेलले श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्। ग कथा सुन्न आएका श्रद्धालुहरू परिवारसहित उपस्थित भई भक्ति र आध्यात्मिक आनन्दमा डुबेका छन्।

आयोजन समितिले आगामी दिनहरूमा अझ बढी भक्तजनको सहभागिता हुने अपेक्षा व्यक्त गरेको छ। भक्तिभाव, ज्ञान र उत्साहले ओतप्रोत यो महायज्ञले आँबुखैरेनी क्षेत्रमा धार्मिक एकता र आत्मिक शान्तिको वातावरण सृजना गरेको छ।

























