प्रहार समाचार । तनहुँ, ११ कात्तिक २०८२ मङ्गलवार । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा माईक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। । चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०९३७ नम्बरको माईक्रोबस आज दिउँसो करिब १२:२० बजे चालकले नियन्त्रण गुमाउँदा सडक छेउको भित्तामा ठोक्किएर रोकी राखिएको नेपाल विद्युत प्राधिकरणको बा १ ञ १२८७ नम्बरको गाडीमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा लमजुङ बेसिसहर–८ का ४२ वर्षीय चालक ईश्वर कुमार श्रेष्ठ सहित १४ जना सवार यात्रुमध्ये ५५ वर्षीया बुध माया तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुमा सान्ता माया तामाङ, कमई तामाङ, गंगा बहादुर तामाङ, होम कुमारी तामाङ, रश्मी तामाङ, डोलराज तामाङ, गंगा तामाङ, मैती माया तामाङ, इन्द्र कुमारी तामाङ, गम माया तामाङ, मंगली तामाङ र उनकी छोरी सिर्जना तामाङ रहेका छन्।
घाइतेहरुको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैलाई उपचारका लागि आँबुखैरेनी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाले राजमार्गमा सवारी आवागमनमा असर नपरेको जनाइएको छ।



























