आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँको आँबुखैरेनीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

प्रहार समाचार । तनहुँ, ११ कात्तिक २०८२ मङ्गलवार । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय स्थित पृथ्वी राजमार्गमा आज सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। डुम्रेबाट आँबुखैरेनीतर्फ आइरहेको प्रदेश ०२–०२१ प १५३८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट पछाडिबाट आउँदै गरेको BAE 1668 नम्बरको स्कारपियोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बाराको सिमरा उपमहानगरपालिका–४ का २४ वर्षीय सरोज पराजुली दाहिने हात र खुट्टा तथा शरीरमा भित्री चोटपटक सहित घाइते भएका छन् भने मोटरसाइकलमा पछाडि सवार ४२ वर्षीय गोबिन्द खनाल टाउकोमा चोट लागी मध्यम घाइते भएका छन्। दुवै घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। उनीहरू बोल्न सक्ने अवस्थामा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button